सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा र मर्यादालाई सुधार्न एडिबी ह्याकाथन

0
124

ललितपुर/ १७ चैत, सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा र मर्यादालाई सुधार गर्ने उद्देश्यले एडिबी ह्याकाथन हुने भएको छ । ह्याकाथन एशियाली विकास बैक (एडीबी), खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल सरकार र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को संयुक्त आयोजनामा अप्रिल महिनाको २८ देखि २९ सम्म हुने जनाइएको छ । विहिबार नास्टमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ह्याकाथनमा सरसफाइकर्मीले भोगिरहेका समस्या प्रविधिबाट समाधान गर्न प्रयास गरिने छ । ह्याकाथनमा एसियाली विकास बैंकको आर्थिक सहयोग रहेको छ । नेपालसहित एसिया प्यासिफिक क्षेत्रका सरसफाइकर्मीहरूको स्वास्थ्य अवस्थालाई प्रविधिको सहयोगबाट सम्बन्धन गर्न ह्याकाथन गर्न लागिएको ई. शंकर ढकालले जानकारी दिए ।
‘इच्छुक स्टार्टअप कम्पनी वा समूहले अप्रिल ८ सम्म आफ्नो आइडियासहित आवेदन दिनुपर्ने छ । कार्यक्रमबाट ‘उत्कृष्ट इनोभेटिभ टेक स्टार्टटप कम्पनीको खोजी गरिनेछ, जसअन्तर्गत सरसफाइकर्मीहरूका लागि प्रविधि विकास गरिने छ ।’ ई. ढकालले भने, ‘यस ह्याकाथनमा कुनै पनि स्टार्टअप कम्पनी वा नवप्रवर्तनमा काम गर्ने स्टार्ट अप समूह सहभागी हुन सक्नेछन् । ह्याकाथनको पहिलो चरणमा सरसफाइकर्मीहरूको समस्यालाई समाधान गर्ने नवप्रवर्तन विचार भएको समहूलाई छनोट गरी सबैलाई मोडेल बनाउन ५०० डलर बराबरको सहयोग रकम प्रदान गरिनेछ ।’
आविष्कारकहरूलाई रचनात्मक टेक्नोलोजी बिकास गर्न टीमवर्कको माध्यमबाट देशमा सरसफाई कर्मचारीहरूको सुरक्षा र मर्यादामा सुधार गर्ने उद्देश्यले प्राविधिक समाधानहरू विकास गर्न प्रेरित गर्ने ई. ढकालको दावी छ ।
प्रतिस्पर्धात्मक छनोट प्रक्रिया मार्फत, हामी एक स्टार्टअप वा स्टार्टअप समूह वा कम्पनी पहिचान गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । यसरी पहिचान भएका समूह वा कम्पनीले परियोजनाको विज्ञ परामर्शदाता इन्जिनियर, व्यवस्थापन कार्यालय (एःइ), नास्ट र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नेछ । यस परियोजनाले उक्त प्राविधिक समाधानहरू आविष्कार र विकासलाई हस्तान्तरण गर्दै हाललाई दुई वटा शहरहरु भरतपुर र नेपालगन्जमा सुरुवात गरेर सरसफाइ कार्यलाई सम्मानित र सुरक्षित पेशाको रुपमा रूपान्तरण गर्न मद्धत गर्ने लक्ष्य आयोजकले राखेको जनाएको छ।
ह्याकायनले सम्भावित आविष्कारकहरूको पूर्वछनोट, छोटो सूची, अभिमुखीकरण सत्रहरू, नवीन आइडियाको पिचिङ, स्थानीय डिजाइन प्रदर्शनहरू, र आधुनिक प्रविधि पहिचान सहितको ह्याकाथनजस्ता विभिन्न गतिविधिहरू प्रस्तुत गर्नेछ । यो कार्यक्रम एक महिनाको अवधिमा सञ्चालन हुनेछ, र नेपालभरका आविष्कारकहरूलाई सहभागी हुन प्रोत्साहित गरिएको आयोजकको भनाई रहेको छ । ललितपुरकोको नास्टको प्राङ्गणमा गरिने उक्त कार्यक्रममा उपस्थित हुनका लागि देशभरबाट छनोट भएका उत्कृष्ट १० समूह वा कम्पनीलाई यात्रा र अन्य आधारभूत खर्चको व्यवस्था आयोजकले नै गर्ने भएको छ ।
ह्याकाथनको निर्णायक मण्डलमा विभिन्न क्षेत्रका प्राविधिक आविष्कारक विज्ञहरू र नवप्रवर्तन व्यवस्थापन क्षेत्रका पेशाकर्मी रहन जनाइएको छ । १० उत्कृष्ट स्टार्टअपले आफ्नो मोडेल विकासका लागि ५०० डलर रकम तथा विजेता समूहले ४०,००० डलर अनुदान प्राप्त गर्ने जनाइएको छ । र त्यो अनुदानबाट प्रविधि विकास गरी नेपालगन्ज र भरतपुर दुईटा सहरमा प्रयोग गरेर देखाउनुपर्नेछ । नेपालभरीका युवा विद्यार्थी, इन्नोभेटर, नवप्रवर्तानत्मक कम्पनी र स्टार्टअप कम्पनीहरुले आफ्नो आईडियालाई एडिबीह्याकाथन डट ओआरजीमा गएर पेश गर्न सक्नेछन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here