दोस्रो रोशी कप कराते प्रतियोगिता सम्पन्न

0
1107

काभ्रे/ १७ बैशाख, काभ्रेमा दोस्रो रोशी कप कराते प्रतियोगिता सम्पन्न भएको छ । इन्टरनेशनल कराते अर्गनाइजेसन क्योकुशिन काइकान काभ्रे र सोसाई मात्सुतासु ओयामा कराते क्योकुशिनकाई नेपालद्वारा यही बैशाख १६ गते शनिवार आयोजित उक्त प्रतियोगितामा जिल्लाभरका १५० जना खेलाडीहरुले भाग लिएका थिए ।
हिमालय माध्यामिक विद्यालय सिपालीमा भएको प्रतियोगितामा पुरुष तर्फ ५५ के. जी. तौल समूहमा रुपेश श्रेष्ठ, के. जी. तौल समूहमा बिज्ञा तोलाङे, ४५ के. जी. तौल समूहमा निश्चल रखाल, ४० के. जी. तौल समूहमा सबिन तामाङ, ३५ के. जी. तौल समूहमा नीर बहादुर श्रेष्ठ र ३० के. जी. तौल समूहमा विशाल तामाङ प्रथम हुन सफल भएका थिए ।
त्यस्तै, महिलातर्फ ५५ के. जी. तौल समूहमा अन्जली तामाङ, ५० के. जी. तौल समूहमा जेनिशा तामाङ, ४५ के. जी. तौल समूहमा सम्झना तामाङ र ४० के. जी. तौल समूहमा रोजिना मगर प्रथम हुन सफल भएका थिए ।
सोसाई मात्सुतासु ओयामा कराते क्योकुशिनकाई नेपालका ब्रान्चचिफ दिपक लामाका अनुसार पुरुषतर्फ ६ वटा तौल समुह र महिलातर्फ ४ वटा तौल समुहमा खेल प्रदर्शन भएको थियो ।

प्रतियोगितामा रोशी गाउँपालिका प्रमुख दिनेश लामाको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला खेल्कुद बिकास समितिका अध्यक्ष मानवीर वाइबा, नमोबुद्द चेम्बर अफ कमर्सका अध्यक्ष बिदुर प्रसाद बर्तौला, सोसाई मात्सु तात्सु ओयामा नेपालका संरक्षक दिल दोर्जे लामा, सोसाई मात्सु तात्सु ओयामा नेपालका अध्यक्ष रमेश तामाङ, ब्रान्च चिफ दीपक लामा, मुख्य जुरी समीर श्रेष्ठ, सहायक जुरी राज कुचिकारलगायत विशिष्ठ प्रशिक्षकहरु सहित अग्रज खेलाडीहरु समेतले आतिथ्यता ग्रहण गरेर प्रतियोगितामा खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए ।
इन्टरनेशनल कराते अर्गनाइजेसन क्योकुशिन काइकान काभ्रेका नेल्शन लामाको सभापतित्वमा भएको उक्त प्रतियोगिताले कराते खेलको महत्व र गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको मुख्य जुरी समीर श्रेष्ठले आम सरोकारलाई वताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here