क्युकोशिनकाई करातेका ५५ खेलाडीको वेल्ड टेष्ट सम्पन्न

0
653

ललितपुर/ १३ जेठ, क्युकोशिनकाई करातेका ५५ खेलाडीकाे वेल्ड टेष्ट सम्पन्न भएको छ । नखिपोटमा सञ्चालित एस.आई आर क्युकोशिनकाई कराते डोजोका ५५ जना खेलाडीहरुले वेल्ट टेष्ट सम्पन्न गरेका हुन्। शुक्रबार र शनिवार भएको वेल्ड टेष्टमा डोजो प्रमुख राज कुचीकारले खेलाडीहरुको परीक्षा लिएका थिए ।
वेल्ट टेष्टमा सहभागीहरुमध्ये २ जनाले सिनियर ब्राउन,
४ जनाले ब्राउन, ४ जनाले सिनियर ग्रीन, ५ जनाले ग्रीन, १० जनाले एल्लो, १० जनाले व्लु र  २० जनाले अरेन्ज वेल्ट प्राप्त गरेका छन् ।
सोसाई मात्सुतासु ओयामा कराते क्योकुशिनकाईका नेपाल ब्रान्च चिफ शिहान दिपक लामाले वेल्ट टेष्टबाट खेलाडीहरुको क्षमताको पहिचान हुनुका साथै उनीहरुले पाउने वेल्टको महत्त्व र वेल्ट अनुसारको क्षमताको जानकारी हुने वताए । ‘वेल्ट टेष्टबाट खेलाडीहरुको क्षमताको पहिचान हुन्छ। उनीहरुले पाउने वेल्टको महत्त्व र वेल्ट अनुसारको क्षमताको जानकारी हुन्छ । खेलाडीहरुलाई पनि अगाडि बढ्न प्रेरणा र हौसला मिल्छ।’ लामाले भने।

प्रत्येक तीन देखि चार महिनाभित्र वेल्ट टेष्ट हुने डोजोका प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराए । ‘हामीले ३ देखि चार महिनाभित्र अनिवार्य वेल्ट टेष्ट लिन्छौं। यो नियमित प्रक्रिया हो।’ प्रशिक्षक श्रेष्ठले भने ।

वेल्ड टेष्ट कार्यक्रममा सोसाई मात्सुतासु ओयामा कराते क्योकुशिनकाईका नेपालका कार्यवाहक अध्यक्ष रमेश तामाङसहित अभिभावकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here