आश्रम निर्माण गर्न नसके सानुराज घिमिरेले वडा अध्यक्षबाट राजीनामा दिने

0
166

ललितपुर/ २९ भदौ, ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सानुराजा घिमिरेले मामाघर अनाथालयकाे आश्रम निर्माण गर्न नसके वडा अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका छन । अनाथालयकाे आश्रम निर्माणका लागि सहयोग जुटाउन भइरहेको विराट महायज्ञका संरक्षक समेत रहेका घिमिरेले वडा नम्बर ३ स्थित गोदावरी पाँचधारा कुण्ड र मत्स्यपालन केन्द्रसंगै रहेको करिब २२ रोपनी जग्गामा जसरी पनि आश्रम निर्माण गर्न सहयाेग पुर्‍याउने बाचा गरेका हुन । विहिवार बेलुका महायज्ञको कार्यक्रममा सहभागी हुँदै घिमिरेले केही नराम्रा तत्वहरुले आश्रम बनाउन रोक्ने प्रयास गरेपनि आफुहरुले लिएको अठोट जसरी पनि पुरा गर्ने वताउँदै सम्पुर्ण भक्तजनहरुलाई सहयोग गर्नका लागि आव्हान समेत गरेका छन । महायज्ञबाट आश्रम बनाउनका लागि लाग्ने रकम संकलन नभएपनि बाँकी रकमको जिम्मेवारी आफुले लिने र समयमा नै आश्रम निर्माण सम्पन्न गरेर छाड्ने उनको भनाई थियो । आश्रम निमार्णका लागि घिमिरेलाई मामाघर अनाथालय आश्रमका संस्थापक समेत रहेका बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले २५ लाखको चेक हस्तान्तरण गरेका छन । २० गते देखि गोदावरी नगरपालिका वडा नम्बर १४ मा सुर भएको विराटज्ञान महायज्ञमा बुधवारसम्म चालिस लाख रकम संकलन भएको र त्यही रकम बाट २५ लाख रकम आश्रम निमार्णका लागि वडा अध्यक्ष घिमिरेलाई हस्तान्तरण गरेको बालयोगेश्वोर बिजयमूर्तीजी महाराजले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here