एस आइ आर डाेजाेका खेलाडीद्वारा बाल दिवसकाे अवसरमा खेल प्रतिभा प्रदर्शन

0
457

ललितपुर/ १ असाेज, एसआई आर डाेजाे नखिपाेट ललितपुरका खेलाडीहरुले बाल दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा खेल प्रतिभा प्रदर्शन गरेका छन् । बाल दिवसकाे अवसर पारेर ललितपुर महानगरपालिकाले यही भदौ ३० गते मंगलबार आयाेजना गरेको कार्यक्रममा डाेजाेका खेलाडीहरु अमृत लामा ग्लान, साहिर श्रेष्ठ, प्रशान्त सुनुवार, संगीता परियार, विनिशा राई र निरुता खत्रीले खेल प्रदर्शन गरेका हुन् । प्रतियोगिताका क्रममा उनीहरुले स्टिक ब्रेक, सेल्फ डिफेन्स र काता प्रदर्शनी गरेका हुन् ।

नेपाल आई के ओ क्याेकुशिनकाई कराते एशाेशियशनका प्रमुख सेन्सेइ दिपक लामाले प्रतियोगितामा भाग लिएर खेलाडीहरुले स्थानीयस्तरमा कराते खेल प्रति सकरात्मक सन्देश प्रवाह गरेको वताए ।
कराते प्रशिक्षक तथा १४ नं वडा बाल कल्याण समितिका सदस्य समीर श्रेष्ठले महानगरले आयाेजना गरेको प्रतियोगितामा सहभागी भएर वालवालिकाहरुले आफ्नो खेल कला काैशल प्रदर्शन गरेर आफ्नो क्षमता प्रदर्शन गरेकाे वताए ।


त्यस्तै, एसआई आर डाेजाे नखिपाेट ललितपुरका प्रमुख राज कुचीकारले आगामी दिनहरुमा डाेजाेले वालवालिकाहरुलाई अझै प्राेत्साहित गरेर खेलाउने र याे भन्दा अझै उत्कृष्ट र प्रभावकारी प्रदर्शनी गराउने वताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here