लेले चन्दनपुर सडकको स्तराेन्नति कार्य सुरु

0
205
ललितपुर/ ११ असोज,  ललितपुरको दक्षिणपूर्वी भेगलाई राजधानीसंग जोड्ने लेले चन्दनपुर सडक खण्डको स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले आज बुधबारबाट गोदावरी नगरपालिका वडा नं. ५ तिलेश्वरस्थित महादेव खोलबाट स्तरोन्नति कार्यको सुभारम्भ गरेका हुन्।
स्तरोन्नति कार्यको सुभारम्भ गर्दै जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुयाँलले भने, “लेले चन्दनपुर सडकको स्तरोन्नतिले ललितपुरको दक्षिणपूर्वी भेगको सन्तुलित विकासका लागि सहज हुने छ । सडकको स्तरोन्नति कार्यका सिलसिलामा आइपर्ने हरेक समस्या समाधानका लागि जुनसुकै समयमा पनि सक्रिय हुनेछु । ठुलादुर्लुङ्गको सीमासम्मको सडकको स्तरोन्नति गर्नका लागि हर तरहले सक्रिय हुने प्रतिवद्धता व्यक्त गर्दछु।”
पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर ओम बहादुर पुनले लेले चन्दनपुर सडकको नल्लु भञ्ज्याङ्गसम्मको सडक एक वर्षभित्रै सम्पन्न हुने वताए ।
“बागमती प्रदेश सरकारको बजेटमा काम हुन लागेको यो सडक स्तरोन्नतिका लागि २०८० असार २४ गते भएको सम्झौता अनुसार १ वर्षभित्र काम सम्पन्न हुनेछ । सुसानरशान्ति जे भी ले ठेक्का पाएको यो आयोजनाको कुल लागत भ्याट सहित १२ करोड ७५ लाख ९३ हजार ४२ रूपैयाँ ३६ पैसा रहेको छ । सबैको सहयोगमा समयसीमा भित्र  ३२ सय मिटर लम्बाई सडक स्तरोन्नति सम्पन्न हुनेछ भन्ने विश्वस व्यक्त गर्दछु ।” इन्जिनियर पुनले भने ।
ठेकेदार कम्पनी सुसान/शान्ति जे भीका प्रतिनिधि मोहन बस्नेतले सम्झौतामा उल्लेख भएको मिति आगावै स्तरोन्नतिको काम सम्पन्न गरि हस्तान्तरण गर्नु जानकारी गराए । सम्झौता अनुसार यो ठेक्का २०८१ असार २४ गतेसम्म सम्पन्न हुनु पर्नेछ ।
प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here