खेलकुद क्षेत्र राज्यको प्रथामिकतामा पर्न सकेको छैन – मदनबहादुर आमात्य

0
146

ललितपुर/ १४ असाेज, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुद क्षेत्र राज्यको प्रथामिकतामा पर्न नसकेको वताएका छन् ।

आइ के ओ क्याेकुशिनकाई नेपाल र एस.आई आर क्युकाेशिनकाई कराते डाेजाे नखिपाेटले शनिबार आयाेजना गरेकाे शुभकामना आदानप्रदान तथा वेल्ट प्रमाणपत्र वितरण कार्यक्रममा मन्तव्य राख्दै अमात्यले भने, “खेलकुद क्षेत्र प्रथामिकतामा पर्न सकेको छैन, हामीले खेलकुदकाे क्षेत्रमा धेरै विकास गर्न सकेका छैनाै, शारीरिक विकास र मानसिक विकासका लागि खेल अति आवश्यक छ, म यस क्षेत्रकाे राजनीतिकर्मी र सामाजिक काममा क्रियाशील भएको व्यक्तित्वकाे रुपमा खेलकुद क्षेत्रलाई सहयाेग गर्न चाहान्छु ।”

उनले खेलकुदकाे विकास र खेलाडीहरुकाे मनाेवल बृद्धिका लागि इमानदारीपूर्वक गर्न सक्ने सबै काम र सहयाेग  गर्ने वताए ।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले साधन स्राेतकाे अभावका बिचमा पनि आइ के ओ क्याेकुशिनकाई नेपाल र एस.आई आर क्युकाेशिनकाई कराते डाेजाेले गरेको कार्य तथा कार्यक्रमहरु महत्त्वपूर्ण रहेकाे वताए ।
“यस डाेजाे र खेलकुद संघमार्फत थुप्रै राम्रा खेलाडीहरु उत्पादन हुने विश्वास छ। तपाईंहरुले गरेको हरेक गतिविधिमा सहयाेग, समन्वय र सहकार्य गर्न तत्पर रहनेछु ।” प्रमुख फुयाँलले भने ।

महालक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिराज राईले शारीरिक, मानसिकका साथसाथै शैक्षिक र सामाजिक क्षेत्रमा पनि खेलकुदले सकरात्मक प्रभाव पार्ने वताए । उनले खेलकुद र शैक्षिक गतिविधिलाई संगसंगै लैजानुपर्नेमा जाेड दिए ।

आइ के ओ क्याेकुशिनकाई नेपाल प्रमुख दिपक लामाले कराते खेलाडीहरुलाई खेल्नका प्राेत्साहन गर्दै आगामी दिनहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव छाेड्ने खालका खेलाडीहरु तयार पार्नका लागि आफूहरु सधैं क्रियाशील रहने वताए ।

त्यस्तै, आइ के ओ क्याेकुशिनकाई नेपालका काेषाध्यक्ष तथा प्रशिक्षक समीर श्रेष्ठले विगतदेखि गर्दै आएका कराते प्रतियोगितालाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्दै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा खेल्नका लागि वातावरण तयार पार्न संस्थालाई गतिशील वनाइने धारणा राखे ।

एस.आई आर क्युकाेशिनकाई कराते डाेजाेका प्रमुख राज कुचीकारले स्रोत र साधनकाे अभावका कारण डाेजाेलाई व्यवस्थित रुपमा सञ्चालन गर्न समस्या भइ रहेकाे वताउँदै आगामी दिनहरुमा स्थानीय सरकार र सामाजिक व्यक्तित्वहरुसंग सहकार्य गर्दै समस्याहरु समाधान गर्ने वताए ।
कार्यक्रममा यही असाेज ५ र ६ गते भएको वेल्ट परीक्षामा सफल भएका खेलाडीहरुलाई वेल्ट तथा प्रमाणपत्र वितरण गरिएको थियाे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here