ललितपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पञ्चराम, बरिष्ठ उपाध्यक्षमा भगीरथ

0
105

ललितपुरका निर्माण व्यवसायीहरुको संस्था ललितपुर निर्माण व्यवसायी संघको अध्यक्षमा पञ्चराम महर्जन र बरिष्ठ उपाध्यक्षमा भगीरथ तिमल्सिना निर्विरोध निर्वाचित भएका छन् । आज शनिबार सम्पन्न संघको १४ औं साधारणसभा तथा सातौ अधिवेशनले महर्जन र तिमल्सिनासहित १९ जनाको कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
त्यस्तै संघको प्रथम उपाध्यक्षमा अमर शाक्य, द्वितीय उपाध्यक्षमा मोहन कृष्ण बस्नेत, सचिवमा दिनेश श्रेष्ठ, सहसचिवमा हरिधर श्रेष्ठ, कोषाध्यक्षमा गोकुल खड्का र सह–कोषाध्यक्षमा श्याम कुमार गिरी निर्विरोध निर्वाचित भएका छन् ।

कार्य समितिका लागि जनजाति सदस्यमा कृष्ण कुमार महर्जन, महिला सदस्यमा मिना भण्डारी, दलित सदस्यमा भवनाथ दुदराज र खुल्ला सदस्यहरुमा पुस्कर श्रेष्ठ, विश्वास कार्की, जितेन्द्र देशार, राजु महर्जन, जगत बहादुर लो, श्याम ज्योती बोहोरा, दोलराज अधिकारी, कविन्द्र कुमार लामा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको निर्वाचन अधिकृत विदुर बहादुर घिमिरेका अनुसार पदाधिकारीमा ८ र सदस्यमा ११ जना गरी १९ जनाको मात्रै उम्मेदवारी परेको थियो । १९ जनाले मात्रै उम्मेदवारी दर्ता गराएपछि उनीहरु निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here