फुल कन्ट्रयाक कराते प्रतियोगितामा आई के ओ क्युकाेशिनकाई नेपालका प्रशान्त सुनुवार प्रथम

0
300

ललितपुर/ २१ असाेज,  पाँचौ राष्ट्रिय आई एफ के के फुल कन्ट्रयाक कराते प्रतियोगितामा आई के ओ क्युकाेशिनकाई नेपालका प्रशान्त सुनुवार प्रथम भएका छन् । शनिवार काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा सुनुवारले पुरुषतर्फ ५० के जी ताैल समुहमा आई एफ के केका खेलाडीलाई पराजित गर्दै प्रथम हुन सफल भएका हुन् ।

त्यस्तै, ४० केजी ताैल समुहमा करण शाही दाेस्राे हुन सफल भए भने महिलातर्फ ४५ के जी ताैल समुहमा अञ्जु श्रेष्ठले तेस्रो स्थान हासिल गर्न सफल भइन् । प्रतियोगितामा आई के ओ क्युकाेशिनकाई नेपालका चार जना खेलाडीले भाग लिएको प्रशिक्षक समीर श्रेष्ठले जानकारी गराए ।
शनिबार भएको प्रतियोगितामा एस आई आर क्याेकुशिनकाई कराते डाेजाे नखिपाेटका प्रमुख राज कुचीकार प्रशिक्षकका रुपमा सहभागी थिए ।

प्रतियोगितामा भुटान र इन्डियामा कराते प्रशिक्षकहरु पर्यावेक्षकका रुपमा सहभागी थिए । प्रतियोगिताकाे उद्घाटन समारोहमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र दिङ्देनकाे प्रमुख आतिथ्यता रहेकाे थियाे भने समापन समारोहमा सिहान जगतप्रसाद गाैचनकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

आई के ओ क्युकाेशिनकाई नेपालका प्रमुख सेन्सेई दिपक लामाले पाँचौ राष्ट्रिय आई एफ के के फुल कन्ट्रयाक कराते प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकाेमा आई एफ केके नेपालका प्रमुख शिहान प्रेम लामा, तथा उनको टिमलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here