ललितपुर पार्टी प्यालेस संघमा नयाँ नेतृत्व

0
121

ललितपुर/ २७ असोज, ललितपुर पार्टी प्यालेस संघमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको १४ ओै बार्षिक साधारणसभा तथा ७ ओै अधिवेशनले हिम किसोर काङमाङ राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको १३ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनबाट उपाध्यक्षमा बाबु राजा महर्जन, सचिवमा रोशन घिमिरे, सहसचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा ईश्वर खड्का र सहकोषाध्यक्षमा अमिर कुमार श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा योरजङ्ग कार्की, दिवाकर पोखरेल, विष्णु कारन्जित, विनोद महर्जन, चेतनाथ बजगाई, सहदेव अधिकारी र सन्दिप श्रेष्ठ चयन भएका छन् ।

संघको १४ ओै बार्षिक साधारणसभा तथा ७ ओै अधिवेशनमा मन्तव्य राख्नु हुँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जनले पार्टी प्यालेस व्यवसायीका हरेक समस्याहरुलाई समाधान गर्न आफू लागि पर्ने वताउनु भयो । त्यस्तै पार्टी प्यालेस महासंघका केन्द्रीय अध्यक्ष लिला बहादुर जि सीले पार्टी प्यालेस सेवा मुलक व्यवसाय भएको वताउँदै आफूहरु दोहोरो करको मारमा परेको गुनासो गर्नु भयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here