खोकनामा रुद्रायणी देवीको १२ वर्षे मेलाकाे पुजासंगै जात्रा सुरु

0
185

ललितपुर/ २९ असाेज : लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणी देवी मेलाकाे पुजासंगै जात्रा आज साेमबारबाट सुरु भएको छ । गत भदौ १६ गते (गाइजात्राकाे भाेलीपल्ट) बाट सुरु भएको १२ बर्षे मेलाकाे सुरुवात भएको हाे । आज असाेज शुक्ल द्वितीयाका दिन पूजा आज गरी १४ जना देवगणहरु शक्ति लिन जाने र आउने काम गरेसँगै मेला अन्तर्गतकाे जात्रा सुरु हुने ललितपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।

“आज पूजा गरेर १४ जना देवगणहरु विभिन्न शक्ति पिठहरुमा शक्ति लिन जाने छन् र शक्ति लिन जानेक्रममा काठमाडौं पचली भैरव, ललितपुरको बालकुमारी, जल बिनायक, पशुपति र पशुपतीको गुहेश्वरी, बल्खुको इन्द्रायणीदेवी, आकाश भैरव र बज्रवाराही आदिमा पूजा गर्ने काम हुन्छ । देवगणहरुले गर्ने याे पुजा गरेको अरु सर्वसाधारणले हेर्न मिल्दैन ।” वडा अध्यक्ष महर्जनले भनेे।

एक वर्षसम्म चल्ने ऐतिहासिक लिच्छविकालीन जात्रा मनाउन रु एक करोड खर्च लाग्ने अनुमान गरिएको वडाध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।

खोकनाको ऐतिहासिक महत्वपूर्ण जात्राको मनोरञ्जन लिन आउन स्वदेश तथा विदेशमा रहेका सस्कृति प्रेमिहरुलाई रुद्रायणी गुठीका अध्यक्ष (नायो) योगेश महर्जनले आग्रह गरेका छन्। श्री स्वस्थानी व्रत कथामा आधारित सिकाली देवी तथा रुद्रायणी देवीको नाच सो १२ वर्षे मेलामा प्रदर्शन गरिने रुद्रायणी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी गराए ।

रुद्रायणी गुठीका थकाली वुद्धिरत्न डंगोलले भन्छन,  “हामीले रुद्रायणी देवीलाई एक महिना गुप्तवास बसाइसक्यौँ । आज पुजा गरिसकेपछि देवीको शक्ति लिन जान्छौँ । भाेली असाेज ३० गते मंगलबार असाेज शुक्ल तृतीयाका दिन पुरै गाउँ मुकुट लगाएर नाच्ने काम हुन्छ । ”

धार्मिक तथा तान्त्रिक महत्वको यो खोकनाको १२ वर्षे रुद्रायणी देवीको मेला तथा सिकाली नाच विश्वसामु चिनाउने विविध जात्रापर्व एवं संस्कृतिमध्ये विशेष रहेको गुठीका अध्यक्ष याेगेश महर्जनले बताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here