लगनखेलका मासु पसल अधिकाँश मापदण्ड विपरीत, फलफूल पसलमा भेटियाे म्याद नाघेका जुस

0
353

ललितपुर/ २९ असाेज, ललितपुरकाे लगनखेलका अधिकाँश मासु पसल मापदण्ड विपरीत रहेकाे पाइएकाे छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितकाे टाेली बजार अनुगमनमा जाँदा लगनखेलकाे इटिटाेल र लगनखेल बजारका अधिकाँश  मासु पसल तथा केही फलफुल तथा जुस पसल मापदण्ड विपरीत चलेकाे, म्याद नाघेका जुसहरु भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले जानकारी दिए ।

“हामीले आज लगनखेलका मासु तथा फलफूल पसलहरुकाे अनुगमन गर्याै, अनुगमनका क्रममा अधिकाँश मासु पसलहरु, फलफूल तथा जुस पसलहरु मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयाे, अनुगमन गरेकाहरु मध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई हामीले दश/दश हजार जरिवाना सहित सचेत समेत गराएका छाैं ।”  सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने ।

अनुगमनका क्रममा लगनखेलकाे तरकारी बजारभित्रकाे शिव फलफूल जुस पसलमा म्याद नाघेका एक लिटरका रियल जुसहरु  भेटिएका थिए । उक्त पसललाई प्रशासनले १० हजार जरिवाना गरेर सचेत समेत गराएकाे राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि ध्रुवलाल तण्डुकारले वताए ।

अनुगमन प्रश्चात प्रतिक्रिया दिदै सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए।

अनुगमनमा सहभागी नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्याैपानेले जिल्ला भित्र हुने बजार अनुगमन चाडपर्व केन्द्रीत मात्रै हुनु नहुने वताए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here