स्वच्छ हावा प्राप्त गर्न पाउनु नागरिककाे नैसर्गिक अधिकार

0
147

ललितपुर/ १६ कार्तिक, स्वच्छ हावा प्राप्त गर्न पाउनु  नागरिककाे नैसर्गिक अधिकार भएको भन्दै बाताबरणविद् तथा सराेकारवालाहरुले नागरिक आफै यसतर्फ सचेत हुनुपर्ने वताएका छन् ।

ललितपुर महानगरपालिका वडा नं. २२ बुँगमती र इन्भार्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेशन (इन्फाे) ले आज विहिवार बुँगमतीका निजी व्यवसायीहरु (इट्टाभट्टा तथा अन्य उद्योग)संग वायु गुणस्तर व्यवस्थापन सम्बन्धि अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै वातावरणविद भूषण तुलाधरले स्वच्छ हावा प्राप्त गर्ने अधिकारका लागि नागरिक स्वयं नै  सचेत र जागरुक हुनुपर्ने वताएका हुन्।

‘प्राणघात राेग निम्त्याउनेमा वायु प्रदुषण धुम्रपान भन्दा बढि घातक छ । विभिन्न राेगहरु लाग्नेमा विश्वमा चाैथाे र नेपालमा दाेस्राे कारक तत्व हावा प्रदुषण पर्दछ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांकअनुसार गत २० वर्षमा नेपालमा ६८ प्रतिशत प्रदुषण बढेको छ । वायु प्रदुषण बच्चाहरुकाे ब्रेन ड्यामेज गराउने, दिमागकाे विकासक्रमलाई सुस्त गराउने महत्त्वपूर्ण कारक हाे । प्रदुषणले मानिसहरुमा राेग बढाउने, रुघाखोकी छिटोछिटो लाग्ने, हृदय घात, क्यान्सर जस्ता प्राणघातक राेगकाे जाेखिम बढाउने गर्छ । वायु प्रदुषणले छिटाे मानिसलाई राेग लाग्ने गरेको देखिन्छ । अत: यसबाट बच्न स्वच्छ हावा प्राप्त गर्ने अधिकारका लागि नागरिक स्वयं नै  सचेत र जागरुक हुनुपर्छ ।’ तुलाधरले भने ।
उनले वायू प्रदुषणले विश्वमा ४० प्रतिशत र नेपालमा ५० प्रतिशतलाई दम राेगी बनाएकाे प्रष्ट्याए । तुलाधरका अनुसार काठमाडौं उपत्यकाको भित्री शहरहरुमा सवारी आवागमन नियन्त्रण गर्ने नीति ४८ वर्ष अगाडि लिएको भएपनि अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु वायु प्रदुषणका लागि चुनाैती रहेकाे छ। ‘ काठमाडौं उपत्यकाको भित्री शहरहरुमा सवारी आवागमन नियन्त्रण गर्ने नीति ४८ वर्ष अगाडि लिएको थियाे । २५ वर्ष अघि सफा टेम्पाे आएकाे थियाे । तर पनि वायु प्रदुषणलाई नियन्त्रण गर्ने नीति प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन ।अहिले पनि ५१ प्रतिशत जनता दाउराबाट खाना पकाउँछन् । यसबाट पनि वायु प्रदुषण हुन्छ ।’ तुलाधरले भने ।

वातावरणविद् तुलाधरले भने, ‘काठमाडौं उपत्यकाभित्रका ईटाभट्टाहरुमा अझै सुधार गर्न सकिने अवस्था छ । यसका लागि समाधानकाे उपाय छ । सुधारिएको चुलाेकाे अवधारणा आएकाे धेरै भएको छ । तर कार्यान्वयन प्रभावकारी हुन सकेकाे छैन । हामीसँग नीति र नियम नभएको हैन । वातावरण संरक्षण र वायु प्रदुषण नियन्त्रणका लागि भएको नीतिगत व्यवस्थालाई कार्यान्वयन गरेर जानुपर्ने आवश्यकता छ ।’

अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै विल्डिङ इनर्जी इफ्फिसियन्सी इन नेपालका टिम लिडर सुयस प्रजापतिले इट्टाभट्टाहरुले प्रदुषण न्युनिकरणका लागि आधुनिक प्रविधिको उचित उपयाेग गर्नुपर्ने वताए ।
“इट्टाभट्टाहरुले पनि समय सापेक्ष रुपमा आफ्ना उद्योगलाई आधुनिक प्रविधिमा लगेर प्रदुषण कम गर्न ध्यान दिनु पर्छ । यसका लागि हाेलाे ब्रिक उत्पादन गरेर पनि प्रदुषण कम गर्न सकिन्छ । हाेलाे ब्रिक वनाउँदा लागत र उर्जाकाे पनि खपत हुन जान्छ ।” प्रजापतिले भने ।
स्थानीय तथा सामाजसेवी प्रतीक तामाङले ईटाभट्टाले निकाल्ने धुवाँ र ईटा बाेक्ने सवारी साधन टिपर, मिनिट्रकले फ्याँक्ने धुवाँधुलाेका कारण बुँगमती र फर्सिडाेलका वालवालिकाहरु अतिप्रभावित भएको वताए । उनले यसतर्फ ईटाभट्टा व्यवसायीहरुले पनि विकल्प साेच्नुपर्ने र प्रदुषण मुक्त बनाउनका लागि सहयाेग गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
स्थानीय व्यक्तित्व तथा राजनीतिकर्मी नानीमैयाँ परियारले धुलाेधुवाँका कारण सडक छेउछाउका घरहरुमा धाेएर सुकाएका कपडाहरुमा नसुक्दै कालाे हुने गरेकाे, भान्सा र वेड रुमसम्म धुलाे र धुवाँ पुग्ने गरेकाेले यसतर्फ सचेत भएर साेचिदिन व्यवसायीहरुलाई आग्रह गरे ।
अन्तरक्रियामा उपस्थित स्थानीय ईटाभट्टा ब्यवसायीहरुले प्रदुषण न्युनिकरणमा ध्यान दिँदै उद्योगलाई नयाँ प्रविधिमा लैजाने र स्थानीयहरुकाे समस्यालाई गम्भीरतापूर्वक ध्यान दिँदै समस्या समाधान गर्नेमा जाेड दिए । 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here