ललितपुर-२ मा नेपाली कांग्रेसकाे युवा लक्षित ब्यक्तित्व बिकास एवम् क्षमता अभिबृद्धि तालिम सम्पन्न

0
297

ललितपुर/ ८ माघ, नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं २ ललितपुरकाे आयाेजनामा युवा लक्षित ब्यक्तित्व बिकास एवम् क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ। हिमालयन हाउस एण्ड रिसोट धुलिखेलमा सम्पन्न उत्त तालिममा उक्त क्षेत्रका ५० जना नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको नेपाली कांग्रेस ललितपुर सूचना प्रविधि संयोजक उपेन्द्र अर्यालले जानकारी दिए ।
आइतबार सम्पन्न तालिममा नेपाली कांग्रेस ललितपुर जिल्ला उपसभापति एवम् बागमती प्रदेश प्रशिक्षण बिभाग सदस्य सुदर्शन घिमिरेले प्रशिक्षणले व्यक्तिको क्षमता र नेतृत्व बिकासमा थप सहयोग पुगेकाे र साेही अनुसार संगठन चलायमान बनाउन र जनविश्वास जित्ने गरी संगठनमा क्रियाशील हुन सहयाेग पुग्ने बिश्वास व्यक्त गर्नु भयो ।
प्रशिक्षणमा कांग्रेस ललितपुरका सचिव बशिष्ठ कुमार अधिकारी र लाईफ कोच एण्ड मोटीभेटर उषा मल्ल सिंहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका उपसभापति बिजेस अवाले, सचिव श्री रूद्र ढुंगाना, ललितपुर सहकारी कर्मी श्री केदार गोर्खाली, नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश सभा ख सभापति श्री दिवाकर नेपाल, नेपाली कांग्रेस ललितपुर सूचना प्रविधि संयोजक उपेन्द्र अर्याल, कार्यालय सचिव अनुप घिमिरे, सुसान्त घिमिरे क्षेत्र नं २ क्षेत्रीय कार्यसमिति लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here