सरसफाइ तथा व्यवहार परिवर्तन आग्रह कार्यक्रम सम्पन्न

0
157

ललितपुर/ २९ माघ,  गाेदावरी नगरपालिका वडा नं १३ वडा कार्यालय आसपास र पाेखरीटार क्षेत्रमा बृहत सरसफाइ तथा व्यवहार परिवर्तन आग्रह कार्यक्रम सम्पन्न भएकाे छ । डिभिजन वन कार्यालय ललितपुर, गाेदावरी नगरपालिका र दिगाे विकास स्थानीय पहल संस्थाकाे समन्वय र सहकार्यमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हाे । वडा कार्यालय, वडा भित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचाैकी,राजनीतिक दलहरु, रेडक्रस , सहकारीहरु, स्काउट, वडा भित्रका सम्पूर्ण आमा समूह, महिला समूह, युवा क्लबहरु, बाल क्लब संजाल, वन उपभोक्ता समिति, वडाका विभिन्न सरसफाइ खानेपानी वन मन्दिर उपभोक्ता समितिहरु समाजसेवी, अभियान्ता लगायतकाे सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हाे ।

गाेदावरी नगरपालिका प्रमुख श्री गजेन्द्र महर्जनकाे प्रमुख आतिथ्यता रहेकाे उक्त कार्यक्रमकाे मुख्य उद्देश्य सरसफाईमा जनचासाे बढाउँदै व्यक्तिको चेतना वृद्धि मार्फत व्यवहार परिवर्तन गराउनु रहेकाे थियाे ।
दिगाे विकास स्थानीय पहल संस्थाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार स्थानीय व्यक्तिहरूलाई जथाभावी फाेहाेर नफ्याक्न अनुराेध गर्देै सफा सहर निर्माण सबैकाे जिम्मेवारी र दायित्वकाे बाेध गराउन कार्यक्रमबाट सहज भएकाे हाे । बानी र व्यवहार परिवर्तन गर्न जनचेतना अभिबृद्धि गर्न याे र यस्ता कार्यक्रम महत्त्वपूर्ण भएको भन्दै स्थानीयहरुलाई सचेत र जागरुक गराउनु  आजकाे आवश्यकता रहेकाे अर्यालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here