एमाले ६, काँग्रेस ३, एकीकृत समाजवादी २ र माओवादी १ स्थानमा विजयी

0
233

ललितपुर/ यही वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना जारी छ । देश भरका ७५३ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भएपनि ७९ मतदान केन्द्रमा मतदान कार्यक्रम स्थगित छ । निर्वाचन आयोगले शुक्रबार राती १०ः०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ वटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा स्थगित भएका मतदानस्थलसहित केन्द्रको संख्या सार्वजनिक भएको हो । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गरे । ३५ हजार २२१ जना प्रतिनिधि चयनका लागि भएको मनोजयनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
मत गणना जारी रहँदा शनिवार दिउँसो ४ बजेसम्मको नतिजा अनुसार नेपाली काँग्रेसले तीन स्थानमा जीत हासिल गरेको छ भने १९२ तहमा अग्रस्थानमा छ । त्यस्तै नेकपा एमालेले ६ स्थानमा जीत हासिल गरेको छ भने १३० स्थानीय तहमा अग्रस्थानमा छ । नेकपा माओवादीले एक स्थानीय तहमा जीत हासिल गर्दा ७५ स्थानमा अग्रता लिएको छ । त्यस्तै एकीकृत समाजवादीले २ स्थानमा तीत हासिल गर्दा ९ स्थानमा अग्रता लिएको छ ।

एमालेले जितेका स्थानीय तह

डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा धावा सम्डुक गुरुङ (निर्विरोध)

मनाङको चामे गाउँपालिकामा – लोकेन्द्र घले

मनाङको ङिस्याङ गाउँपालिकामा – कान्छा लामा

मुस्ताङको लो-घेकर दामोदरकुन्डमा लोप्साङ – छोम्पेल विष्ट

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा – रिङजीन नामगेल गुरुङ

मुस्ताङको लोमान्थाङ गाउँपालिकामा – टसी न्वर्वु गुरुङ

कांग्रेसले जितेका स्थानीय तह

मनाङको नासो गाउँपालिकामा – धनबहादुर गुरुङ

मनाङको नार्पाभूमि गाउँपालिकामा कोन्जो – तेन्जिङ लामा

मुस्ताङको घरपझोङ गाउँपालिकामा – मोहन सिंह लालचन

नेकपा एसले जितेका स्थानीय तह

डोल्पाको काइके गाउँपालिकामा – अंगदकुमार राना (निर्विरोध)

डोल्पाको छार्का साङतोङ गाउँपालिकामा – सेनाङ गुरुङ (निर्विरोध)

माओवादी केन्द्रले जितेका स्थानीय तह

डोल्पाको जगदुल्ला गाउँपालिकामा – तारासिं रोकाय

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here