एमालेको किल्ला तोडेका फिल्मी अभिनेताको लोकप्रिय घोषणा

0
468

ललितपुर/ नेकपा एमालेको किल्लामा जीत हासिल गरेका वडा अध्यक्ष राज घिमिरेले लोकप्रिय घोषणा गरेर जनताको मन जित्ने प्रयास गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेले जीत हासिल गरेर आफ्नो लालकिल्लाका बनाएको गोदावरी नगरपालिकाको वडा नं. ३ गोदावरले उम्मेदवार श्रीराम आचार्यलाई १० मतले पछि पार्दै जीत हासिल गरेका घिमिरेले अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुबिधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने बताएका छन् ।

‘चपली हाइट’ फिल्मबाट अभिनेताको रुपमा सर्वत्र चिनिएका उनी पछिल्लो समय समाजसेवामा सक्रिय रहंदै आएका छन् ।
यही वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नेकपा ९माओवादी केन्द्र० बाट अध्यक्ष उम्मेदवार बनेका उनी १ हजार ५९ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का श्रीराम आचार्यले १ हजार ४९ मत प्राप्त गरेका छन् । उक्त वडा नेकपा एमालेको तर्फबाट ललितपुर क्षेत्र नं। १ बाट निर्वाचित सांसद नवराज सिलवाल समेत मतदाता रहेको वडा हो । घिमिरे २०७४ सालको स्थानीय तहको निर्वाचनमा यसै वडाबाट माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here